लुम्बिनी नेपाल टी–ट्वान्टी लिगको फाइनलमा

काठमाडौँ । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । त्रिवि मैदानमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो ।
जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रन बनाउँदा पवन सर्राफ ३० रन बनाए । लुम्बिनीका लागि विपुल शर्मा, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २÷२ लिए । त्यस्तै श्याड्ली भानले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै अनिल शाहले २४ रन बनाउँदा विपुल शर्माले २० रनको योगदान गरे ।
जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २÷२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १÷१ विकेट लिए । जनकपुरले अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड