राजनीति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कुनै समस्या छैन : उपेन्द्र यादव
आइतबार, २४ पुस २०७९, १५ : ३३
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन कुनै समस्या नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र यादवसहित तीन जनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो पार्टीबाट विश्वासको मत दिने बताए ।
‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छौं । त्यसमा कुनै समस्या छैन । हामीले मात्रै होइन अरु दलले समेत विश्वासको मत दिन्छन्’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘सबै दलले विश्वासको दिने भएकाले सजिलै प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ ।’
प्रधानमन्त्रीसँग मिलाउनुपर्ने अरु विषयहरु आपसी सहमतिमा छलफल गरेर टुंगो लगाउने यादवले बताए । एकीकृत समाजवादीले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया