शीतलहर बढेपछि क्षिरेश्वरनाथ नगरपालिकाद्वारा दाउरा वितरण

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । शीतलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख सुखदेव यादवले जनाएका छन् ।
उनले नगरपालिकाको १ देखि १० सम्मका वडामा दैनिक ज्याला मजदुरी गरी खाने टोलहरूलाई मध्यनजर गर्दै आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने रुखको जारा वितरण गरेको जनाएको छ ।
तराई मधेसमा जोडा याममा शीतलहरको बेला गरिब विपन्नहरूको लागि शीतलहर विपद् जस्तै हुने भएको हुँदा सो को मध्यनजर गरी नगरमा दाउरा वितरण गरिएको नगर प्रमुख यादवले बताए ।
उनले नगरको ग्रामीण भेग बाहेक चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरूलाई पनि असर परेको र बजारमा आउने यात्रुहरूलाई पनि असर परेको हुँदा बजार क्षेत्रमा पनि दाउरा वितरण गरेको बताए । नगर प्रमुख यादवले चिसो समयभरि नै यसै गरी नगरले दाउरा वितरण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी