शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

२० अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

आइतबार, २४ पुस २०७९, १५ : २२
आइतबार, २४ पुस २०७९

काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो । 

२० अंकमाथिले नेप्से बढेको यस दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी आज हिमालयन डिस्टिलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको २ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ भने सिभम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको ५७५ कित्ता सेयर कारोबार भएको छ । 

यसदिन खप्तड लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ भने झण्डै १ दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले वृद्धि भएकोमा छ ।आज बैंकिङ, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य १० वटा उपसूचक धनात्मक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप