रोमियो जुलिएट : १६ वर्षको उमेरमा खिचिएको थियो ‘नग्न दृश्य’, ७० वर्ष नाघेपछि मुद्दा दर्ता

सन् १९६८ मा रिलिज भएको फिल्म ‘रोमियो एण्ड जुलिएट’ मा काम गरेका कलाकारहरूले ‘नग्न दृश्य’ दिन लगाएको आरोपमा प्यारामाउन्ट पिक्चर्सविरुद्ध मुद्दा दर्ता गरेका छन् । यो मुद्दा अमेरिकामा दर्ता गरिएको छ ।
उनीहरुले फिल्ममा नग्न दृश्य समावेश गराउनका लागि यौन दुर्व्यवहार र यौन उत्पीडन भोग्नुपरेको आरोप लगाएका छन् । प्यारामाउन्ट फिल्मको यो फिल्म फ्रान्को जाफ्रेलीले निर्देशन गरेका हुन् ।
फिल्मका कलाकार लियोनार्ड ह्वाइटिङ र ओलिभिया हसीले यसमा काम गर्दा उनीहरू १६ र १५ वर्षका थिए । लियोनार्ड ह्वाइटनिङ र ओलिभिया हसी अब ७० वर्ष पुगिसकेका छन् ।
दुवैले फिल्मको सुटिङ चलिरहेको बेला निर्देशक फ्रान्को जाफ्रलिनले नग्न दृश्य गर्नका लागि भनेको बताएका छन् । जबकि उनले सुरुमा उनीहरुसँग यस्तो कुनै पनि सीन नगराइने ग्यारेन्टी दिएका थिए । यी दुईले अब यसका लागि ५० करोड डलर जरिवाना मागेका छन् ।
मुद्दाको याचिकामा दुबै ब्रिटिश कलाकारले यसका कारण आफूहरुले निकै भावनात्मक समस्या भोगेको बताएका छन् । आफूहरु दशकौँसम्म मानसिक समस्यासँग जुधिरहेको उनीहरुले बताए । फिल्मको प्रिमियरपछि उनीहरुले धेरै काम पाइरहेका थिए ।
यद्यपि, प्यारामाउन्टले यो मुद्दामा आफ्नो तर्फबाट कुनै प्रतिक्रिया दिएको छैन ।
‘धोका भयो’
लियोनार्ड ह्वाइटनिङ र ओलिभिया हसीले २०१९ मा जाफ्रेलीको निधन भएको जानकारी दिए ।
उनले भने, ‘छायांकनका लागि जाफ्रीले छालाको रङको अन्डरवियर लगाउन भनेका थिए तर बिहानै सुटिङ सुरु भएसँगै बडी मेकअपसहित नग्न दृश्यका लागि अनुरोध गर्न थाले । ती दृश्यहरू नगरे फिल्म फ्लप हुने उनले बताए ।’
दुवै कलाकारले भने, ‘निर्देशकले हामीलाई क्यामराको पोजिसनलाई मिलाएर राख्ने र शरीरका केही विशेष हिस्सालाई नदेखाउने भनेका थिए । हामीलाई लाग्छ कि त्यतिबेला हामीसम्म यसो गर्र्नुबाहेक अरु विकल्प नै थिएन ।’
फिल्ममा ह्वाइटिङको शरीरको पछाडिको भाग र हसीको ‘ब्रेस्ट’केही बेरका लागि देखाइयो ।
याचिकाकामा भनिएको छ, ‘दुबै अभिनेताहरूले मुख्य रूपमा जाफ्रेलीलाई ‘धोका’ दिएको आरोप लगाएका छन् । उनीहरुले यो पनि भने कि प्यारामाउन्ट पिक्चर्सलाई राम्रोसँग थाहा थियो वा उनीहरूलाई थाहा हुनु पर्दथ्यो कि वादी (दुबै कलाकार) को नग्न शरीरलाई गोप्य र गैर कानुनी तरिकाले छायाङ्कन गरियो ।’
उनीहरुको यो दाबीकै आधारमा वकिलले भनेका छन् – फिल्मको दृश्यले अभद्रता र बच्चाको शोषणविरुद्ध बनेको क्यालिफोर्निया र सङ्घीय कानुनको उल्लङ्घन गरेको छ ।
कानुनको उल्लङ्घन
लियोनार्ड ह्वाइटिङ र ओलिभिया हसीका व्यापार प्रबन्धक टोनी मारिनोज्जीले भने, ‘पैरामाउन्ट पिक्चर्स स्टुडियोले दुबैलाई धोका दियो ।’
दुवैले आफ्नो करियरमा नोक्सान हुने डरले कानुनी कारबाही गरेनन् । जनताले उनलाई नपत्याउने हुन् कि भन्ने पनि उनीहरूलाई पिर थियो ।
मारिनोज्जीले भने, ‘उनीहरुले आफ्नो कथा सुनाउने कुनै उपाय थिएन । मानिसहरूले उनको कथा सुन्नेछन् भन्ने पक्का पनि थिएन ।’
उनले भने, ‘आज हामीले ‘मी टु’ जस्ता आन्दोलन र अन्य प्लेटफर्ममा यस्ता कुराको विरोध देखिरहेका छौँ तर त्यस बेला यस्ता गुनासो गर्ने मञ्च थिएन, त्यही कारणले यति लामो समयसम्म यो विषयमा जुध्दै यति लामो समयसम्म बस्नुपर्यो ।’
उनीहरूका वकिल सोलोमन ग्रेसन भन्छन्, ‘नाबालिगको नग्न तस्बिर खिच्नु गैर कानुनी हो । यसलाई देखाउनु हुँदैन ।’
उनले भने, ‘सन् १९६० को दशकमा दुवै जना सानै थिए । यी बच्चाहरूले आफूमाथि के भइरहेको छ भन्ने कुरा बुझेका थिएनन् । अचानक उनीहरू चर्चित भए । उनीहरुले कल्पना पनि गरेका थिएनन् होला कि बाल्यकालमा उनीहरूमाथि खासमा के भएको थियो र यस विरुद्ध के गर्ने भनेर पनि उनीहरुले बुझेका थिएनन् ।’