समाचार
सिरहामा गोली चल्यो
आइतबार, २४ पुस २०७९, १३ : ५४

काठमाडौं । सिरहाकाको मिर्चैयामा गोली चलेको छ । मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । प्र्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए ।
भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् । सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरुको आरोप छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?