स्ववियु चुनाव गराउन शिक्षाध्यक्षको संयोजकत्वमा समिति बन्दै

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन शिक्षाध्यक्षको संयोजकत्वमा समिति बन्ने भएको छ । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले समिति गठन गर्ने भएको हो ।
शिक्षाध्यक्षको नेतृत्वमा केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समिति बन्ने र सोही समितिले निर्वाचन गराउनेछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले समिति गठनका लागि कार्यकारी परिषद्लाई सिफारिस गर्नेछ । सोही आधारमा परिषद्ले समिति गठन गर्ने निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए ।
त्रिवि कार्यकारी परिषद्को शुक्रवार बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्देशनालयको सिफारिसमा परिषद् बैठकले स्ववियु निर्वाचन मिति टुङ्गो लगाएको थियो । समिति गठन भइसकेपछि उक्त समितिले स्ववियु चुनाव कार्यतालिका सार्वजनिक गर्नेछ । र सोही आधारमा चुनाव हुनेछ ।
हरेक २÷२ वर्षमा स्ववियु चुनाव गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, २०६५ सालयता त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन । लामो समयदेखि चुनाव हुन नसक्दा विद्यार्थीका तमाम समस्या समाधान हुन सकेका छैनन् । विश्वविद्यालयमा एक किसिमको वेथिति नै मौलाएको छ । त्रिविमा देखिएका विद्यार्थी तथा त्रिविका समस्या समाधानका लागि भएपनि चुनाव गराउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविमा जतिसक्दो चाडो स्ववियु चुनाव गराउन त्रिविलाई निर्देशन दिएका थिए । सोही आधारमा त्रिविले चुनावी गतिविधि अगाडि बढाएको हो । चुनावको घोषणा गरेको त्रिविलाई जुनसुकै हालतमा पनि चुनाव गराउन विद्यार्थी संगठनहरूले आग्रह गर्दै आएका छन् । त्यसका लागि आफूहरूले त्रिविलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू