रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक
टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ । रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ ।
बिहीबार मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले रुसी र युक्रेनी समकक्षीसँग फोनवार्ता पनि गरेका थिए । त्यस वार्ताका क्रममा पनि उनले रुस र युक्रेनका बीचमा हाल जारी रहेको युद्धको अन्त्यका लागि स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्ने आग्रह गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस फोनवार्ताका क्रममा राष्ट्रपति एर्डोगानले आफू रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको बताए । उनले रुस र युक्रेन दुबैलाई स्थायी युद्धविराम गर्न आग्रह गर्दै त्यसपछि आफूले शान्ति वार्ताको मध्यस्थता गर्ने बताए ।
रुसले अघिल्लो वर्षको फेब्रुअरीदेखि युक्रेनमा हमला गरेको थियो । त्यसपछि अहिलेसम्म पनि रुसले युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको बताइएको छ । शान्ति वार्ताका लागि विश्वका विभिन्न देशले आग्रह गरेको भए पनि यी दुई देशले मानेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
-
अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने
-
मिलनको ‘काली’ मा समिक्षाको अभिनय
-
काठमाडौँमा आगामी शनिबार ‘इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता’ हुने
-
सलाम दक्षिण अफ्रिका !
-
गगन थापामाथि उठेका शङ्कैशङ्का र प्रश्नैप्रश्न