चीनमा कोभिड नियन्त्रणको प्रयास : बुस्टर डोज लगाउन सरकारको आह्वान
बेइजिङ । चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लगाउनुपर्नेमा जोड दिएको छ । चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा सो कुरामा जोड दिइएको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
सो समाचारअनुसार चीन सरकारले हाल त्यहाँ विस्तारित भएको सो सङ्क्रमणको नियन्त्रण गर्न बुस्टरकै दोस्रो मात्रा लागाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने जनाइएको हो ।
सो प्रोटोकलअनुसार यहाँको कोभिड नियन्त्रण सम्बन्धी निकायले बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी मात्रामा जोड दिएको छ । सो उमेरका नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकाहरुलाई पनि दोस्रो मात्रा दिइनुपर्ने सो विभागले जनाएको छ । यसका साथै हरेक व्यक्तिले आफ्नो सुरक्षातर्फ आफै सतर्क र सजग हुनुपर्नेमा पनि जोड दिइएको सो समाचारमा जनाइएको छ । सो प्रोटोकलअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएका मानिसहरुको खोजी गरी सो खोप लगाउने र यदि पहिलो मात्राको बुस्टर खोप लगाएका व्यक्ति छन् भने उनीहरुलाई सो खोप लगाएको ६ महिनापछि अर्को मात्रा लगाइने जनाएका हुन् ।
त्यसैगरी व्यक्तिगत रुपमा यो महामारीको नियन्त्रणका लागि व्यक्तिले पनि पहल गर्नुपर्ने र यसका लागि उनीहरुले अनिवार्य मात्रामा मास्क लगाउनुपर्ने तथा हात धुने या सरसफाई रहनुपर्नेमा पनि जोड दिइएको छ । पछिल्ला केही दिनयता चीनमा व्यापक मात्रामा कोरोनाका सङ्क्रमितहरु बढिरहेका बताइएको छ । त्यसपछि चीन सरकारले यो नयाँ स्वास्थ्य प्रोटोकल जारी गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै