पुस २७ देखि एकीकृत कारोबार थाल्दै इन्भेष्टमेन्ट र मेगा
आइतबार, २४ पुस २०७९, ११ : ४०

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) र मेगा बैंकले यही पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । दुई बैंकले पुस अन्तिम सातादेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार थाल्ने भएका हुन् ।
दुई कम्पनीले आसपमा १००ः९० को अनुपातमा मर्जर सम्झौता गरेका थिए । अर्थात इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर १०० कित्ता नै रहने र मेगाको १०० कित्ता बराबर ९० कित्ता रहने व्यवस्था हुनेछ ।
इन्भेष्टमेन्ट र मेगाले एकीकृत कारोबार थालेपछि यो बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । मर्जरअघि एनआईबीएलको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगाको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का