आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने
आइतबार, २४ पुस २०७९, ०७ : १९

अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो । यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिचिमिराहरू निस्केर उड्दैमा देवल ढल्न सक्दैन
-
भन्सार छलीको सामानसहित युवक पक्राउ
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
-
लैङ्गिकमैत्री सहर निर्माणका लागि महानगर सचेत छ : उपप्रमुख डङ्गोल
-
एकताबद्ध एनआरएनका लागि सहकार्य गर्न आह्वान
-
आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गरेको आरोपमा टर्कीएद्वारा ३२ सन्दिग्ध पक्राउ