शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सिञ्जा सभ्यता संरक्षण विधेयक सङ्घीय सरकारले अगाडि बढायो

आइतबार, २४ पुस २०७९, ०६ : ४५
आइतबार, २४ पुस २०७९

सरकारले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक अगाडि बढाउन तोक लगाएर अगाडि बढेको सचिवालयले जनाएको छ । 

यस अघि कर्णाली प्रदेशसभामा दर्ता गरेपनि पारित नभइ एको विधेयक संघीय संरकारले अगाडि बढाएको हो । शुक्रवार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाईएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। सिञ्जा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गईसकेको र अन्य प्रक्रियाका लागि काम शुरु हुने भएको छ । 

कर्णाली प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्व सांसद नरेश भण्डारीले कर्णाली सभामा गैर सरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्व सांसद भण्डारीले नयाँ सरकार सँग पहल गरेर अगाडि बढाएका हुन्। पूर्व सांसद भण्डारीले विधेयक सरकारले अगाडि बढाएपछि खुशी व्यक्त गरेका छन् ।  भण्डारीका अनुसार कर्णाली प्रदेश सभामा पारितिको अन्तिम संघारमा पुगेरपनि सामाजिक विकास समितिमा तुहाइएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने भएको छ । 

भण्डारीका अनुसार विभिन्न मन्त्रालयहरूको राय सहमति पश्चात मन्त्रिपरिषदबाट पारित भएर संघीय व्यवस्थापिकामा पेश हुनेछ । विधेयक अगाडि बढ्दा कर्णालीवासीहरु खुशी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप