मोटरसाइकल चोरी गरेको अभियोगमा युवक पक्राउ
शनिबार, २३ पुस २०७९, १६ : ५९
पर्सामा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१२ बस्ने रौतहट वृन्दावन नगरपालिका-१ घर भएका ३६ वर्षीय अजय कुमार यादवको प्र.२-०३-०१२ प २६३८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्वी नगरपालिका-७ बस्ने २० वर्षीय भुवन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
पार्किङ गरी राखिएको अवस्थाबाट चौधरीले उक्त मोटरसाइकलको लक तोडी डोर्याउँदै गरेको अवस्थामा स्थानीय तथा सवारीधनीले हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान