सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई ठगी

शनिबार, २३ पुस २०७९, १६ : ४९
शनिबार, २३ पुस २०७९

झापामा  सुन जस्तो देखिने पहेँलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले ईलाम फाक्फोकथुम गाउँपालिका-७ घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेर बहादुर बराईलीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

झापा मेचीनगर नगरपालिका-९ स्थित रोशन कुमार गजमेरको हनुमान ज्वेलर्समा बुधबार बराईलीले ३ तोला सुन जस्तो देखिने पहेँलो धातुको बेरुवा औँठी २ थान देखाई १ लाख ८० हजार मूल्य राखी १० हजार रुपैयाँ पछि लिन आउने सहमतिमा तत्काल १ लाख ७० हजार रुपैयाँ ठगी गरेको र सोही स्थानमा बाँकी पैसा लिन आउँदा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप