संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरूको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई सचेत समेत गराए ।
शनिबारबाट काठमाडौँमा सुरु भएको पार्टीका सांसदहरूको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरू केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरि बस्ने र खास गरी हामी सांसदहरूलाई संसदीय अभ्यासमा संसद्को बैठकमा भाग लिन नभ्याउने, संसद्को काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरू बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन । कहिले कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ । तर आम रूपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौँ, हामी सांसद हौँ । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनु पर्दछ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनु पर्दछ । संसदीय अन्य गतिविधिहरूमा जति बजे बोलाइएको छ, त्यति बजे उपस्थित हुनु पर्छ ।’ अध्यक्ष ओलीले सांसदहरूले समय सीमालाई हेक्का राखेर अघि बढ्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४४ अंकले बढ्यो, परिसूचक २५०८ बिन्दुमा
-
काठमाडौँका बाढी पीडितले भने– मेयर बालेनले वास्तै गरेनन्
-
अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदङ्गा
-
माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरूले दश दिनको पारिश्रमिक दिने
-
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
-
एनपीएलको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिलाई