राजनीति गलत दिशामा जान थालेपछि समयमै हस्तक्षेप गरेर ट्रयाकमा ल्यायौँ : माधव नेपाल
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति गलत दिशामा जान थालेका बेला समयमै हस्तक्षेप गरेर सहि दिशमा ल्याउन सफल भएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी बनेका बेला व्यक्तिबाद देखापरेको, पार्टीभित्र जटिलता देखापरेको, दक्षिणपन्थी अवसरवाद देखापरेको, निरङ्कुश प्रवृत्ति देखापरेको, सामूहिकताको भावना समाप्त भएको र आफूखुसी संविधानको व्याख्या गर्ने प्रवृति पनि देखापरेको उल्लेख गरे । उनले ती विषय कति ठीक छ कति बेठीक थियो त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गरे ।
उनले नेपालको राजनीति गलत दिशामा जान थालेकोमा त्यसलाई सहि दिशामा लैजानका लागि समयमा हस्तक्षेप गरेको, ती प्रवृत्तिका विरुद्धमा आवाज बुलन्द गरेको र जनताको साथ पाएको बताए । आम नागरिक समाजको समर्थनमा पार्टीभित्रको गलत प्रवृत्तिमा अंकुश लागेको उल्लेख गरे । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट खुसी रहेको बताउँदै अध्यक्ष नेपालले चुनावमा उठाएका उम्मेदवारहरु मध्ये ५० प्रतिशतले सफलता हासिल गरेको बताए ।
समानुपातिक तर्फबाट प्राप्त भएको मतमा एकीकृत समाजवादी सन्तुष्ट नभएको उनले बताए । त्यसमा पार्टीकै त्रुटी रहेको र राम्ररी मेहनत गरेको भए अहिले समानुपातिकमा आएको मतभन्दा दोब्बर मत आउने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन