रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन) उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
उनले आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गरिन लागेको बताए । उक्त जहाज काठमाडौँबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् । जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसमेत आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड
-
आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?
-
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी