आफ्नै देशको माया लाग्छ

जो जहाँ भए पनि,
आफ्नो मातृभूमि प्यारो लाग्दो रहेछ
भिन्न भेषभुषा, भिन्न जातजाति,
भिन्न रहनसहन, भिन्न भाषा भाषी,
जे जस्तो भए पनि
आखिर, आफ्नो देश भनेकै
आफ्नो हुँदो रहेछ ।
विदेशमा यश आराम, सुख सयल
सबै पाए पनि,
आलिशान महलमा बस्न पाए पनि,
सुनको थालमा,
मिष्ठान्न ब्यञ्जन खान पाए पनि,
हीरा मोतिजडित
पोशाक लगाउन पाए पनि,
स्वदेशमा आफ्नो रगत पसिना बगाएर
झुपडीमा बसेर टपरीमा मकै गुन्द्रुक खाएर
नेपाली पोशाक लगाएर
गर्वसँग बाँच्नु नै बेस छ ।
यतै जन्मे, यतै हुर्के,
अब मर्न पनि यतै पाए हुन्थ्यो
सगरमाथाको शिखरझैँ
शिर ठाडो राख्न पाए
आफ्नो सिद्धान्त र स्वाभिमानको
रक्षा गर्न पाए
आकाशझैँ विशाल हृदय बनाएर
बाँच्न पाए
अरु के नै चाहियो र ?
अरुको गुलामी भई मोजमस्ती गर्नु भन्दा
स्वत्रन्त्रपूर्वक दुःख गरेर बाँच्नु नै बेस छ ।
जो जहाँ भए पनि,
आखिर आफ्नै देशको
माया लाग्दो रहेछ ।
माया लाग्दो रहेछ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु
-
जापानमा शक्तिशाली भूकम्प