अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने
शनिबार, २३ पुस २०७९, ०९ : ५९
![अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने](https://npcdn.ratopati.com/media/news/newport-shooting_Z47P1PIKyl.jpg)
भर्जिनिया । अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेको छैन ।
‘व्यक्ति एक ६ वर्षीय विद्यार्थी हुन । उनी अहिले प्रहरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले एक पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी थिएन ।’
पीडित महिला ३० वर्षकी शिक्षिका रहेको र उनको ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘म स्तब्ध छु, र म निराश छु’, सहरका विद्यालय निरीक्षक जर्ज पार्करले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश