शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनसँग वार्ता गर्न पुटिनले अघि सारे यस्ता सर्त

शनिबार, २३ पुस २०७९, ०८ : ४९
शनिबार, २३ पुस २०७९

किभ । राष्ट्रपति भ्लादिमिर पुटिनले किभले मस्कोले कब्जा गरेको क्षेत्रलाई रुसीको रूपमा स्वीकार गर्छ भने आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । टर्कीका नेता रेसेप तैयप एर्दोगानलाई पुटिनले यस्तो सर्त राखेका क्रेमलिनले बिहीबार एक विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पुटिनले किभ अधिकारीहरूले नयाँ क्षेत्रीय वास्तविकताहरूलाई ध्यानमा राखेर परिचित र बारम्बार आवाज उठाएका आवश्यकताहरू पूरा गर्ने सर्तमा गम्भीर वार्ताका लागि रुसी खुलापन पुनः पुष्टि गरे । ’

एर्दोगानले पुटिनसँगको टेलिफोन वार्तामा शान्ति वार्ताका लागि आह्वान गरेको उनको कार्यालयले यसअघि जनाएको थियो । रुसी सेनाले पूर्वी र दक्षिणी युक्रेनको ठुलो भूभाग कब्जा गरेको छ । क्रेमलिनले दोनेत्स्क, लुगान्स्क, जापोरिज्जिया र खेरसन क्षेत्रहरूलाई पूर्ण रूपमा नियन्त्रण नगरेको भए पनि आफ्नो कब्जामा लिएको दाबी गरेको छ । 

नेताहरूले युक्रेनी अनाज खुला गर्न टर्कीको सहयोगमा संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको ऐतिहासिक अन्न सम्झौताको कार्यान्वयनको बारेमा पनि छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप