शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मेक्सिकोका कुख्यात लागूऔषध कारोबारी गुजम्यानका छोरा पक्राउ

शनिबार, २३ पुस २०७९, ०७ : ४३
शनिबार, २३ पुस २०७९

मेक्सिको सिटी । मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नाइके जोआकिन 'एल चापो' गुजम्यानका छोरालाई बिहीबार पक्राउ गरेका छन्   ।

'एल रटन' (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सैन्य विमानमा मेक्सिको सिटी लगिएको रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले पत्रकारहरूलाई भने ।

३२ वर्षीय ओभिडियो गुजम्यानको गिरफ्तारी  छ महिनाको खुफिया कार्यको परिणाम रहेको बताइएको छ ।  अमेरिकाले ओभिडियो गुजम्यानलाई कुख्यात सिनालोआ कार्टेलको प्रमुख खेलाडी भएको आरोप लगाउँदै पक्राउ गर्ने जानकारीको लागि ५० लाख डलर इनाम प्रस्ताव गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप