सलमानमाथि फेरि खनिइन् पूर्व प्रेमिका सोमी

भारत । सोमी अलीले हालै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छिन् जसमा उनले सलमान खानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार जब उनी मुम्बईमा बस्थिन्, सलमानले उनलाई गाली र कुटपिट गर्थे ।
सोमीले धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताइन् । सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग यस्तै व्यवहार गरेको सोमीले आरोप लगाएकी छन् । सोमीले सलमानविरुद्ध बोलेको यो पहिलो पटक होइन, यसअघि पनि उनले धेरै पटक सलमानमाथि आरोप लगाइसकेकी छिन् ।
सोमीले आफ्नो सामाजिक सञ्जालमा लामो नोट शेयर गरेकी छिन् । सोमीले उक्त नोटमा सलमान खानले आफूले सञ्चालित एनजीओबाट प्रभावित डिस्कभरीमा रहेको डकुमेन्ट्री ‘फाइट एन्ड फ्लाइट’लाई प्रतिबन्ध लगाएको लेखेकी छन् । सोमीले भनिन्, ‘जब म न्यूयोर्कमा थिएँ, सलमानका वकिलले मलाई धम्की दिएर इमेल पठाए र भने कि यदि उनले सलमानविरुद्ध केही बोल्यो भने तिम्रो ज्यान जानेछ । यसबाहेक म मुम्बईमा हुँदा सलमान खानले मलाई गाली र कुटपिट गर्थे ।
मेरो मेकअप आर्टिस्ट अजय शेलारले चोट लुकाउन मेरो घाँटी र शरीरको अन्य भागमा मेकअप गर्नुपर्थ्यो। स्टुडियोमा जाँदा सबै निर्माताले मेरो अवस्था देख्थे । म चाहन्छु उसले मसँग सार्वजनिक रूपमा माफी मागोस् तर उसले कहिल्यै त्यसो गर्ने छैन किनभने ऊ धेरै अहंकार भएको व्यक्ति हो।’
पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली अमेरिकामा बसेकी थिइन् । जब उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरिन्, उनी प्रेममा परिन् । उनी सलमानसँग यति मोहित भइन् कि उनले भारत आएर उनीसँग विवाह गर्ने निर्णय गरिन् । उनी भारत आएर केही समय सलमानसँग सम्बन्धमा पनि थिइन् ।
यस क्रममा उनले अन्त, माफिया र आन्दोलन जस्ता फिल्ममा काम गरे । केही समयपछि उनको र सलमानको सम्बन्ध टुट्यो र उनी फेरि अमेरिका फर्किइन् । अहिले उनी बारम्बार सलमान खानलाई आरोप लगाउने गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने
-
खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ
-
प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय, यी अध्यादेश निर्णयार्थ पेस हुँदै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो