लघुकथा : अल्लाहको ईसारा

“हमिज, हेर त मेरो बुबाको फोटो पठाएका रहेछन् ।” दिनभरको कामबाट थकित हामीहरुले मेरो मोबाइलमा फोटो हेर्यौँ । भाषा, धर्म र संस्कृति नमिल्ने नेपालको म र अफ्गानिस्तानको हमिज असाध्यै मिल्ने साथी भएका छौँ । सायद हिमालय पर्वत श्रेणीले जोडेकोले पो हो कि ?
खाडीको यो गर्मीबाट म त एकदिन फर्कौला तर हमिज फर्किर्दैन होला अब । फोटो देख्ने बित्तिकै उसले जोडले अल्लाहको नाम लियो । अमेरिकी बमबारीबाट मारिएको उसको बाबुलाई त उसले सम्झेन होला । किनभने ऊ पाकिस्तानको शरणार्थी शिविरमा जन्मिदा उसको बाबु मरेको तीन महिना भइसकेको थियो ।
उसले मेरो हात हेर्यो । हातमा तातो फलाम तान्दा पोलेको दाग थियो । मेरो अनुहारमा हेर्दै भन्यो, “तिमीहरू अल्लाहको ईसारालाई बुझ्दैनौ है ।”
म प्रश्नवाचक चिन्हले उसको अनुहारमा हेरेँ । “यस्तो मीठो फल फल्ने ठाउँबाट यो मरुभूमिमा आउने हो त ?” उसले थप्यो ।
भत्कन लागेको घर देखेर परदेशीको मन बिग्रेला भनेर होला, श्रीमतीले दैलामुनिको सुन्तलाको बोटसँगै राखेर बुबाको फोटो खिचेकी रहिछन् ।
आहा सुन्तला राम्रो फल्न थालेछ । घर पछाडि पनि सुन्तला नै लगाउनुपर्ने रहेछ । अझ खरबारी त बाँझै छ ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’
-
‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास