रासफोर्डको गोल वर्षा जारी, दबाबमा लाम्पार्ड
शनिबार, २३ पुस २०७९, ०६ : १५

मार्क रासफोर्डले लगातार पाँचौ खेलमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई एफए कपमा ३–१ गोलअन्तरले हराएको छ । पराजयसँगै एभर्टनका म्यानेजर फ्रांक लाम्पार्डमाथि थप दबाब बढेको छ ।
खेलको चौथौँ मिनेटमा नै एन्टोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर कोनर कोडीले १४ औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा कोडीलेनैआत्मघाती गोल गरेपछि युनाइटेडले पुनः खेलमा अग्रता लियो ।
इन्जुरी समयमा रासफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे । उनले आफ्नो करियरमा लगातार पाँच खेलमा गोल गरेको यो पहिलो अवसर हो । युनाइटेड सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये १० खेलमा विजयी रहेको छ । अब युनाइटेडले इएफएल कपको क्वार्टरफाइनलमा चार्लटनको सामना गर्नेछ भने १४ जनवरीलाई म्यानचेस्टर सिटीसँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप