वीरगञ्जमा एक मजदुरको मृत्यु
शुक्रबार, २२ पुस २०७९, २२ : १९

पर्सा । पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।
बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाइते भएकोमा उनको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
बहुदरमाई नगरपालिका वडा नम्बर ४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भर्याङ बनिरहेको थियो । भर्याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा