अस्मिताको स्वरमा ‘फुलैफुल दिन्छौ कि’
शुक्रबार, २२ पुस २०७९, १८ : ४७

काठमाडौँ । गायिका अस्मिता अधिकारीले स्वर रहेको गीत ‘फुलैफुल दिन्छौ कि’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत रहेको हो ।
शिव परियारको स्वर रहेको गीत ‘फुलैफुल दिन्छौ कि’को यो फिमेल भर्सन हो । गीतको भिडियोमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय छ । विकास प्रसाईँको निर्देशन रहेको भिडियोमा जीतु तामाङको छायांकन, निर्देशक प्रसाईँकै सम्पादन छ ।