मेयर कप टेबल टेनिस सोमवारबाट हुने
ललितपुर । चौथो मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिता सोमवारबाट हुने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १२ को युवा क्लब हःखाले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमवारबाट आयोजना हुने जनाएको हो ।
६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुरको मंगलबजारस्थित कोट पाटीमा आयोजना हुनेछ । प्रतियोगितामा ललितपुर जिल्लाका २९ वडाका ५ सयभन्दा बढी खेलाडीबीच प्रतिष्पर्धा हुनेछ ।
कुल १३ वटा इभेन्ट्स भएको प्रतियोगितामा रात्रिकालीन समयमा आयोजना हुनेछन् । रात्रिकालीन समयमा आयोजना हुने यो पहिलो प्रतियोगिता हो । प्रतियोगितामा मेन्स टिम इभेन्ट्स (ए), मेन्स टिम इभेन्ट्स (ं४०), मेन्स सिंगल्स (ए), मेन्स डबल, मेन्स सिंगल्स (बी), वुमन्स सिंगल, बोइज जुनियर सिंगल (य–१६), गल्र्स जुनियर यू (१६), भेट्रान्स सिंगल्स (४० वर्ष माथि), भेट्रान्स सिंगल्स ९(५०वर्ष माथि) भेट्रान्स सिंगल्स ९(६० वर्षमाथि), महिला भेट्रान्स सिंगल्स (४० वर्षमाथि), युवा क्लब हक्का सिंगल्स इभेन्ट्समा प्रतिष्पर्धा हुनेछ ।
अनुमानित १६ लाख ५० हजार खर्च हुने प्रतियोगितामा ५ लाख वडा न–१२ बाट तथा ललितपुर महानगरपालिकाबाट ३ लाख प्रायोजन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
-
हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
-
तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर
-
चीनबाट फर्केलगत्तै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको सङ्केत
-
जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ : शङ्कर पोखरेल
-
अव्यवस्थित विकासले विपद्लाई बढवा दियो : मुख्यमन्त्री लामा