गरिमा विकास बैंकद्वारा १३ प्रतिशत बोनस सेयर पारित
शुक्रबार, २२ पुस २०७९, १७ : ३७

काठमाडौं । विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाबाट बंैकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब उन्साठी करोड आठ लाख त्रिहत्तर हजार पाँच सय एक रुपैयाँको १३ प्रतिशत बराबर बोनस शेयर दिने प्रस्ताव पारित भएको छ । यस्तै १.५० प्रतिशत नगद लाभांश समेत १४.५० प्रतिशतले हुन आउने रकम छैसठ्ठी करोड छपन्न लाख छैहत्तर हजार छ सय सन्ताउन्न रुपैयाँको लाभांस प्रस्ताव पारित भएको छ ।
यस पश्चात, यस विकास बैंकको चुक्ता पुँजी पाँच अर्ब अठार करोड छेहत्तर लाख सतासी हजार सन्ताउन्न रुपैयाँ पुग्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा
-
प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारिने छ: प्रचण्ड
-
‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत
-
तातिँदै स्ववियु चुनावको माहौल, तस्बिरहरू
-
कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि