जसपा र लोसपाले मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्दै
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशको प्रदेश सभाका लागि संसदीय दलको नेता आज चयन गर्ने भएका छन् ।
जसपा मधेस प्रदेश संसदीय दलको बैठक जनकपुरको मधेस भवनमा सुरु भएको छ । संसदीय दलले हिजोको बैठकबाट दलको विधान पारित गरेको छ । सोही विधानअनुसार आज संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।
जसपा प्रदेश सभाका सदस्य संजय यादवका अनुसार आजको बैठकले सर्वसम्मतिबाट संसदीय दलको नेता चयन हुनेछ । सर्वसम्मतिबाट नेता चयन हुन सकेन भने भोलि चुनावी प्रक्रियामा जाने उनले बताए । संसदीय दलको नेता चयन गर्नका लागि जसपाका केन्द्रीय सदस्य लालकिशोर साहको संयोजकत्वमा समिति बनेको छ ।
सर्वसम्मतिले नेता चयन नभए समितिले भोलिदेखि चुनावी प्रक्रिया सुरु गर्ने बताइएको छ । जसपा मधेस प्रदेशका लागि संसदीय दलको नेतामा लालबाबु राउत, रामअशिष यादव, सरोज यादव, राजकुमार गुप्ता, मनिष सुमनलगायतका नेताहरू आकाँक्षी छन् ।
त्यस्तै, लोसपा मधेस प्रदेश संसदीय दलको बैठक पनि जनकपुरमा सुरु भएको छ । लोसपामा पनि सर्वसम्मतिबाट नेता चयन गर्ने प्रयास भइरहेको छ । अहिलेसम्म संसदीय दलको नेतामा जितेन्द्र सोनलको नाम चर्चामा आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतहन्याहू ट्रम्पको पहिलो पाहुना, ह्वाइट हाउसमा गम्भीर भेटवार्ता
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
-
अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
-
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो