माघ ९ भित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न दलहरू सहमत
शुक्रबार, २२ पुस २०७९, १४ : ५२

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमत भएका छन् ।
शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए ।
‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न
-
स्वस्थ हावा स्वस्थ शरीर
-
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता, तस्बिरहरू
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू