५ वर्षमा मासिक ज्याला न्यूनतम् २५ हजार, ६० लाखलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले आगामी ५ वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्ने भएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्ने भएको हो ।
सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा गर्भावस्तामा पोषण र स्वास्थ्य परीक्षण, बाल्यावस्थामा बालसंरक्षण अनुदान, विद्यालय उमेरमा निःशुल्क शिक्षा र दिवास खाजा, वयस्क उमेरमा कामको ग्यारेन्टी र न्यूनतम ज्याला तथा वृद्ध अवस्थामा सामाजिक सुरक्षा भत्ताको प्रबन्ध गरी हरेक व्यक्तिलाई गर्भावस्थादेखि वृद्धावस्थासम्म राज्यद्वारा सुरक्षा दिने प्रतिबद्धता जनाइएको छ ।
यस्तै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने र पाँच वर्षको अवधिमा न्यूनतम ज्याला मासिक २५ हजार पुर्याउने सरकारले प्रतिबद्धता जनाएको छ । यस्तै वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने, समस्यामा परेकाहरुको उद्दार गर्ने जस्ता प्राथमिकता र प्रतिबद्धता पनि सरकारको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटहरी आगलागीले उब्जाएको प्रश्नः अग्ला भवनमा आगो निभाउने उपकरण खोइ ?
-
चैत १५ को प्रदर्शनबारे के छ समाजवादी मोर्चाको निर्णय ?
-
गोप्य जानकारी चुहावटले अमेरिकामा बबाल : माइक वाल्ट्जले लिए ग्रुप च्याट लिकको जिम्मा
-
सरकारले कुलमानलाई हटाउनुको १० कारण
-
गणतन्त्रवादी र राजावादी सडकमा, ‘पर्ख र हेर’को नीतिमा रास्वपा
-
भारतमा स्तन छुनुलाई बलात्कार नमान्ने निर्णयमाथि सर्वोच्च अदालतले लगायो रोक