तयार भयो सरकारको कार्यक्रम : नागरिकताका विषय प्राथमिकता

काठमाडौं । सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार भएको छ । सात दलीय सत्ता गठबन्धनले गठन गरेको कार्यदलले सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार गरेको हो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको उक्त नीतिगत प्राथमिकता र कार्यक्रम शीर्ष नेतालाई थप अध्ययनका लागि पठाइएको छ । शीर्ष नेताले केही हेरफेर गरेर त्यसलाई सार्वजनिक गर्ने तयारी भएको कार्यदलका एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार सरकारको प्राथमिकताको पहिलो नम्बरमै नागरिकताको विषय रहेको छ । जसमा कुनै पनि नेपाली नागरिकले नागरिकता प्रमाणपत्र पाउनबाट र नागरिकता उपभोग गर्नबाट वञ्चित हुन नपरोस् भनेर सुनिश्चित गर्ने उल्लेख छ ।
यसका लागि सरकारले पूर्णता पाएको एक महिनाभित्रै नेपाल नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने उल्लेख छ । संसद्को पहिलो अधिवेशनबाट नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्ने र एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने प्रतिबद्धता जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक यति धेरै बढ्यो राष्ट्रिय नाचघरको आम्दानी
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?