बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

शुक्रबार, २२ पुस २०७९, १३ : ०१
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार परिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । उनले वर्तमान सरकार महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताए । उनले सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल लाग्नुभएको जानकारी दिए ।

उनले भने– ‘वर्तमान सरकार केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । पुस २६ गते सरकारले संसदसमक्ष संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद्  राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशित रुपमा अगाडि बढ्नेछ ।’  उनले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार जनता र राष्ट्रका समस्यमा समाधान गर्ने गरी गतिशील रुपमा अगाडि बढ्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप