जनकपुरले लुम्बिनीलाई हरायो
काठमाडौँ । जनकपुर रोयल्सले पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गरि जनकपुर क्वालिफायरमा पुगेको हो । जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनायो । जनकपुरका खेलाडी मैदान आउन ढिला गरेपछि खेल १७ ओभरमा छोट्याइएको थियो ।
लुम्बिनीका लागि अनिल शाहले सर्वाधिक ३५ रन बनाए । त्यस्तै बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाउँदा सुनिल धमला २७ रनको योगदान गरे । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ३ तथा समिउल्लाह शिनवारीले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए ।
त्यस्तै खडक बोहोरा २२ रन बनाउँदा हुँदा शमिउल्लाह शिनवारीले २० रन बनाए । लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ विकेट लिए । त्यस्तै प्याट ब्राउन र इशाान पाण्डेले समान १/१ विकेट लिए । जितसँगै १० खेलमा १४ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित लुम्बिनी १० खेलमा १६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । अब लुम्बिनी र जनकपुरले आईतबार हुने पहिलो क्वालिफायर खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन