मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
पर्व

थारू गाउँमा भित्रियो माघी, गुञ्जिन थाल्यो मघौटा भाका

शुक्रबार, २२ पुस २०७९, १२ : १७
शुक्रबार, २२ पुस २०७९

दाङ । उरी उरी भौँरा टिकुुली पर बैठल रे हाँ...२
भौँरक छुवल टिकुुली मलिन भैल रे हाँ...२
सखियै हो... 

अर्थात् भमरा उड्दै टिकुली (टीका)मा बस्यो । भमराले छोएको टीका बिटुलो भयो । माघी भित्रिएसँगै थरुहटका गाउँ गाउँमा मघौटा गीतको भाका गुञ्जिन थालेको छ ।अघिपछि सुनसान देखिने थारू बस्तीहरु माघी अर्थात् माघ नजिकिएसँगै उज्यालिएको छ । प्रायः गाउँमा अहिले साँझमा मघौटा नाच गाउने, आगो ताप्ने, गाउँका बारे सरसल्लाह गर्ने गरेको देखिन्छ ।

सधैँ खेतीपाती र ज्याला मजदुरीकै कारण चाडपर्वबाहेक अन्य समयमा थारु गाउँ दिनभर सुनसान नै देखिन्छ । गाउँमा बालबालिका र बृद्धबृद्धाबाहेक अरु भेटिदैनन् । तर माघी पर्व भित्रिएसँगै गाउँ अहिले गुल्जार भएको छ । माघी नजिकिएसँगै थारु समुदायलाई घरकै कामकाज गर्न भ्याई नभ्याई छ । माघीकै लागि गाउँलेहरु वन गएर दाउरा, पात ल्याउने, दाउरा भाग लगाउने, दुना टपरी गाँस्ने, माछाको जोहो गर्ने, माघीको विशेष परिकार ढिक्री बनाउनका लागि चामल, पिठो तयारी गर्ने काममा धुमधाम तयारी चलेको छ थारू गाउँमा । 

323168342_1201091687426966_305229297445923963_n

माघीमा थारू समुुदायले हप्तादिन अघिदेखि नै तयारी गर्ने, नयाँ लुुगा लगाउने, दिदी बहिनीहरुलाई आफ्नो दक्षताअनुुसार निस्राउस्वरुप दानदक्षिणा दिने चलन छ ।

माघः नयाँ वर्ष

थारू समुदायले माघीलाई पर्वको रुपमा मात्रै होइन, माघ १ गते नयाँ वर्षका रुपमा पनि मनाउने गर्दछन् । माछा मार्न जाल बनाइरहेका घोराही उपमहानगरपालिका–१४, झिगौंराका कसम चौधरीले भने–‘वर्षदिन मरी मरी काम गर्छौं । माघीमा गाउँले आफन्त सबैले मिलेर बसेर खाने हो ।’

323142901_3387737801500829_3879410652347145448_n

छोराछोरीको बिहे, दाजुु भाइ छुुट्टिने, नयाँ घर बनाउने, जिम्दारको खेतवारी अधिया लाउने कामदेखि गाउँको अगुुवा महटाँवा, बरघर चुन्ने काम पनि थारू समुदायले माघीकै अवसरमा गर्छन् । घोराही–६ चोर गाउँका ६३ जगबीर चौधरी (६३) ले भने–‘२०५७ साल अगाडिसम्म कमैया, कमलहरी बस्ने छलफल हुन्थ्यो माघीमा, कमैया मुक्तिको घोषणा भएर अहिले त्यो छैन ।’ त्यसैले, थारूहरुले माघीलाई मुक्तिको रुपमा पनि मनाउने चलन छ ।

‘उहिले अरुको घरमा कमैया, कमलहरी नबसे, अरुको खेतीपातीमा काम नगरे खानै समस्या हुुन्थ्यो । बाबुु कमैया भए, छोरा त्यही घरको कमैया बस्ने चलन थियो । आमा कमलहरी बसे छोरी कमलहरी बस्नुपर्ने हुुन्थ्यो । वर्ष दिनसम्म घर परिवार आफन्त भेट्न पनि मुुस्किल हुन्थ्यो । माघीमा मात्र घर जान पाइन्थ्यो,’ घोराही–६ की सुकन्या चौधरी (६४) ले भनिन् ।

पहिले कमैया, कमलहरीहरु गाउँमा जम्मा भई मघौटा गीत गाउँदै नाच्ने, मनको बेदना पोख्ने गरेको सुकन्याले सुनाइन् । माघी आए वर्ष दिनको अरुको घरको दुःख पनि बिर्सिने हुुन्थ्यो । घरको मीठो मसिनो खान पाइन्थ्यो । अहिले समय फेरियो, थारु समुदायलाई अब मीठो मसिनो खान दुःख छैन ।

हराउँदै मौलिकता

थारू समुदायको आफ्ना भाषा, भेष, कला संस्कृति छ । तर पछिल्लो समय यो मौलिकपन खस्किदै गइरहेको छ । पश्चिम नेपालको दाङसहित तराईका पाँच जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती छ । पुुस्तान्तरण अभावका कारण थारू पहिचानसमेत हराउँदै गइरहेको थारू अगुवा जगबीर चौधरी बताउँछन् ।

323067622_1215419805747608_4396282664350694196_n

उनले भने–‘युवाहरु मौलिक पहिचान जोगाउन अघि सर्न सकेनन् । जसको मुख्य कारण जातीय अपमान पनि एक हो ।’ थारू समुदायलाई अन्यले हेयको दृष्टि राख्दा युवाहरु आफ्नो मौलिक पहिचान जोगाउन जागरुक नदेखिएको उनको भनाई छ । उनले भने– ‘उहिले मन्द्रा (मादल) बजाएर नाचिन्थ्यो, अब डीजे आएको छ । भ्याग्वा लगाइन्थ्यो, अब पैन्ट सर्ट आएको छ । पुरानो मैलिकता हरायो ।’

माघ महोत्सव हुँदै

323346431_687206532852682_548480584511439554_n

यही क्रममा आगामी पुस २५ गते दाङमा  बृहत माघ महोत्सव हुन गैरहेको छ । थारू कल्याणकारिणी सभा (थाकस) दाङ तथा महटाँवा महासंघको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमा १२७ थारु गाउँको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका संयोजक तथा महटाँवा महासंघ तुलसीपुर उपमहानगर समितिका अध्यक्ष  बुझौना थारुले जानकारी दिए । कार्यक्रममा मघौटा, हुर्डुङ्वा, महोट्या, कट्घोरी, छोक्रा, पैया, मयुर, लठ्ठहवा, तरवाल लगायत नाचको प्रस्तुतिका साथै थारु फुड फेस्टिभल पनि हुने आयोजकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप