निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका अएडी परिवारलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको झडपमा परी मृत्यु भएका बाजुराका सञ्जिव ऐडी र चेतन अएडीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मृतकका परिवारलाई सन्दीप र चेतनको परिवारलाई १० लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्नका प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधवार निर्वाचन मिति तोक्ने निर्णय गरेको छ । साथै केही समयअघि कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च पनि सरकारले बेहोर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन
-
बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
-
आगामी बजेटका चुनौती
-
होमस्टेमा सरकारको लगानी, बालुवामा पानी