स्ववियू निर्वाचनको मिति घोषणाको माग गर्दै अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

अनेरास्ववियू केन्द्रीय कमिटीले स्ववियू निर्वाचन प्रस्तावित मितिमै गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापन पत्र बुझाएको छ ।
केन्द्रीय अध्यक्ष सुदन पराजुलीको नेतृत्वका प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो ज्ञापन पत्र बुझाइएको हो । आम विद्यार्थीहरूको हक, अधिकार र प्रतिष्ठाको पैरवीकर्ता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएको १४ वर्ष भइसकेको आस्थामा पनि निर्वाचन हुने निश्चित नभएकोले प्रस्तावित मिति चैत्र ५ गते नै निर्वाचन हुने सुनिश्चितता गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ ।
'प्रधानमन्त्रीको जिम्मेवारीले सबै विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यथासक्य घोषणा गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न निर्देशन गरिदिनुहुन सम्माननीय प्रधानमन्त्री समक्ष अनेरास्ववियू केन्द्रीय कमिटी हार्दिक अनुरोध गर्दछ ' ज्ञापन पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाममा भीषण आगलागी, सात पसल पूर्णरूपमा जले
-
प्रियांशको शतक, चेन्नाईसामु २ सय २० रनको लक्ष्य
-
बार निर्वाचन : काठमाडौँ, पाटन र ललितपुर बाहेकको गणना सकियो
-
भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालक सुकबहादुरको मृत्यु
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने