सुहानाको ‘भगवत् गीता’ मा भित्रिएका हुन् त सौगात ?
शुक्रबार, २२ पुस २०७९, ११ : २०
काठमाडौँ । अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगरको मुख्य अभिनय रहने फिल्म ‘भगवत् गीता’ को छायांकन २० माघबाट सुरु हुँदैछ । निर्माण युनिट अहिले पनि फिल्मको केही मुख्य भूमिकाको लागि कलाकार छनौट गरिरहेको छ ।
यसैबीच फिल्मको मुख्य भूमिकाको लागि अहिले कलाकार सौगात मल्ल भित्रिएको चर्चा छ । सौगातले फिल्म साइन गरिसकेको बताइन्छ । तर निर्माता सुनिल कुमार थापा भने फिल्मका लागि सौगातसँग कुरा भएपनि फाइनल हुन बाँकी रहको बताउँछन् ।
झरना थापाको निर्देशनमा तयार हुने फिल्मको रिलिज मिति अगामी वैशाख १ बताइएको छ । पटक–पटक फिल्मको छायांकन सर्दै आएको फिल्म वैशाखमै रिलिज हुन्छ भनेर अहिले भन्न सकिने अवस्था भने छैन ।
प्रेमकथामा बन्न लागेको फिल्म जनकपुर, दार्चुला र काठमाडौँमा छायांकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट
-
सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु
-
हेटौँडा-काठमाडौँ सडक सम्पर्क विच्छेद