चिसोसँगै बढ्यो न्यानो कपडाको व्यापार

जुम्ला । जुम्लासहित कर्णालीका जिल्लामा अत्यधिक चिसो बढेको छ । चिसोसँगै चिसोमा बिक्री हुने भेडा र भेडीबाट बनेका कम्बल, फेरुवा, लिउहरुको घुम्ती व्यापार बढेको छ ।
खास गरी ग्रामीण क्षेत्रका समुदायले भेडा पालन गरेर त्यसको ऊनबाट विभिन्न आकार प्रकार, रङका कम्बल बनाएर बेच्ने गर्दछन् । उनीहरूको जीवन निर्वाह पनि यसैमा आश्रित रहेको छ । भेडाको कम्बल बेचेर घरपरिवारको गर्जो टार्न, छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र बचत रकमबाट सम्पत्ति जोड्न भ्याउने गरेको मुनचुन्ने रावतले बताए।
जाडो मौसममा सबभन्दा बढी कम्बल बिक्री हुने गरेको बताउँदै उनले सिजनमा १ देखि ३ लाखको कम्बल बिक्री हुने गरेको जनाए। तयार गरिएको कम्बल खुद्रा र थोकमा पनि बिक्री गरेर राम्रो आम्दानी हुने गरेको अर्का चन्दननाथ नगरपालिका -८ का डिल्ली थापाले बताए।
कम्बल खुद्रामा प्रतिकम्बल सामान्य पाँच हजारदेखि छ हजार रुपियाँ सम्ममा बेच्ने गर्दछन्। एक दशकभन्दा बढी समयदेखि यसको व्यापार गर्दै आएका मोतीराम रावत औसतमा प्रत्येक दिन चार-पाँचवटा कम्बल बिक्री भइरहेकाले आम्दानी पनि राम्रै भइरहेको बताउँछन्। नयाँ पुस्तामा यस्तो कम्बलका बारेमा जानकारी नहुँदा किन्न हिचकिचाउने गरेको अनुभव उनले सुनाए।
यति बेलाको समयमा जिल्ला ग्रामीण क्षेत्रका व्यापारीले थोक मूल्यमा कम्बल खरिद गरी जाडो अवधिभर तराईका विभिन्न जिल्लामा व्यापार गर्ने गर्दछन्। बहु उपयोगी कम्बलको पारखी बुढापाकाले अहिले पनि सिरकभन्दा कम्बल नै मन पराउने गरेका कारण व्यापार जीवित रहेको उनको कथन छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर