शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गभर्नर मिश्र

शुक्रबार, २२ पुस २०७९, ०९ : ५३
शुक्रबार, २२ पुस २०७९

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन् । 

मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेख नीतिगत व्यवस्था अनुसार देशमा मौद्रिक तथा वित्तीय व्यवस्थापन गरिने बताए ।

चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ नीतिमा समय सापेक्ष परिमार्जन समेत गरिने, हाल रेमिटेन्स आप्रवाह र विदेशी मुद्रा सञ्चितमा सुधार हुँदै आएको कारण तरलतामा वृद्धि भएर व्याजदारमा घट्दै जाने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप