मधेस प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्छ : एमाले नेता महासेठ
जनकपुरधाम । पुस २८ गते मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्ने नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले बताएका छन् ।
रातोपाटीसँग भएको संवादमा उनले केन्द्रीय सरकार गठनमा सहयोग गर्ने दलहरूसँग मिलेर मधेस प्रदेशमा पनि सरकार गठन गर्ने र सम्भवतः २८ गते मुख्यमन्त्री चयन गरिसक्ने उनले बताए । प्रदेशमा २३ सांसदसहित सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेले मुख्यमन्त्रीको दाबी गर्ने कि नगर्ने भन्ने प्रश्नमा उनले सो सन्दर्भमा अहिले छलफल भइरहेको बताए ।
महासेठले नयाँ सरकार गठनमा सहयोग गर्ने क्रियाशील पार्टीहरू जनमत, जसपा नेपाल, राप्रपा, माओवादी केन्द्रसँग कै सहमतिमा मधेस प्रदेशमा सरकार गठन हुने बताए । उनले पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत लिइसकेपछि मधेस प्रदेशसहित सातै प्रदेशका सरकार गठनको निर्धारण हुने बताए ।
मधेस प्रदेशमा सबैभन्दा ठुलो दल नेकपा एमालेको प्रत्यक्ष र समानुपातिक गरी कुल २३, नेपाली काँग्रेसको २२, जसपा नेपालको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८ र स्वतन्त्र तर्फ ६ सांसद रहेको छ ।
प्रदेशमा संसदीय दलको नेतामा नेकपा एमालेले दलको नेतामा सरोज यादव, नेपाली कांग्रेसले कृष्णा यादव, जनमत पार्टीले महेश प्रसाद यादवलाई चयन गरेको छ भने जसपाले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपामा दुई मुख्य प्रतिस्पर्धी लालबाबु राउत र सरोज कुमार यादव मध्ये एकजना चयन हुनेछ ।
त्यसैगरी लोसपा नेपालले जितेन्द्र सोनललाई, नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरतप्रसाद साहलाई चयन गर्ने सम्भावना बलियो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का
-
केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
-
प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री र सचिवहरू अनुपस्थित
-
माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकियो
-
केन्द्रीय समिति बैठकमा बोल्न प्रचण्डले दिए जनार्दनलाई ‘विशेष समय’
-
एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा