चलचित्र पत्रकार सङ्घको महाधिवेशन १७ फागुनमा, माघमा दुई दिने कार्यशाला
शुक्रबार, २२ पुस २०७९, ०८ : ३०

काठमाडौँ । चलचित्र पत्रकार सङ्घको ९औँ महाधिवेशन आगामी फागुन १७ गते आयोजना हुने भएको छ । सङ्घका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको छ ।
सङ्घले अधिवेशन अगाडि दुई दिने अर्थात माघको १३ र १४ गते काठमाडौँमा कार्यशाला समेत आयोजना गर्नेछ । सङ्घका सदस्यहरूको क्षमता वृद्धिका लागि भन्दै कार्यशाला गर्न लागेको चलचित्र पत्रकार सङ्घले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
२४ नयाँ सदस्यको आवेदन स्वीकृत, ६० वर्ष नाघेका सदस्यका लागि मासिक ६ हजार सामाजिक भत्ताको समेत निर्णय गरेको सङ्घले माघ १५ गते भित्र पुराना सदस्यलाई सदस्यता नवीकरण गर्न समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?
-
प्रभु साहको प्रश्न : म्यानपावरहरूले १० हजार सेवा शुल्क लिनुपर्नेमा लाखौँ रकम असुलिरहँदा सरकार किन मौन ?
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)