सेनाले माग्यो १८ वृक्षरोपण हेरालु
शुक्रबार, २२ पुस २०७९, ०८ : ०४
नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो ।
सडक निर्माणको क्रममा रुख काटिएका थिए । त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो ।
४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्ने व्यक्तिले ओदन दिन सक्नेछन् । कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ । पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु