आजदेखि स्वस्थानी व्रत प्रारम्भ
![आजदेखि स्वस्थानी व्रत प्रारम्भ](https://rpcdn.ratopati.com/archived-media/swastani.jpg)
आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।
काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ । स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव—पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रत कथा प्रचलन हुदै आएको मानिन्छ ।
घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर व्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरूको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममूलक पौराणिक धर्मग्रन्थ पनि हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहज छैन ‘संविधान संशोधन’
-
तत्काल मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय
-
बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह
-
एकीकृत समाजवादीको महाधिवेशन : दस्ताबेजमाथि १२ समूहमा छलफल
-
अघि बढ्यो टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया, १६ जनालाई बोलाइयो अन्तरवार्तामा
-
विदेशी सम्बन्धनका कलेजबारे अध्ययन प्रतिवेदन सार्वजनिक