आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पशुपतिको धर्मशालामा सेवाका नाममा व्यापार

शुक्रबार, २२ पुस २०७९, ०७ : १६
शुक्रबार, २२ पुस २०७९

अमालकोट  कचहरी  र  सेवा  समितिबीच  २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९  वर्षपछि  पशुपति  गौशाला  धर्मशाला  अघोषित  व्यापारिक केन्द्र भएको छ । पशुपतिनाथ  मन्दिर  आउने  दर्शनार्थीका  लागि  सञ्चालित  धर्मशालामा  लज  चलाइएको  छ । 

सहुलियतमै लज चलाए पनि सेवा समितिले १९ वटा सटरबाट कार्यविधिबिनै चर्को भाडा असुली गरिरहेको छ । पशुपति गौशाला धर्मशालामा पसल सञ्चालन  गर्ने  स्याङ्जाका  श्रीधर  न्यौपानेले  ३०  हजार रुपियाँभन्दा बढी मासिक भाडा तिर्छन् । उनले भने, “दुई वर्षमा सम्झौता नवीकरण गर्नुपर्छ ।  मैले १४ वर्षदेखि पसल चलाइरहेको छु । भाडा चर्को  छ  ।”

धर्मशालामै  ट्राभल्सका  सञ्चालक  अच्युत चापागाईंले पनि कार्यालय चलाएको १० वर्ष भयो । उनले मासिक ३५ हजार रुपियाँ भाडा तिरेका छन ।  सेवा  समितिका  अध्यक्ष  कैलाशचन्द्र  गोयलले १९ मध्ये १८ वटा सटर भाडामा लगाइएको बताए  ।  उनले  धर्मशालाबाट  उठ्ने  भाडा  पारदर्शी रहेको दाबी गरे । उनले भने, “हामीले यत्रो सेवा गरिरहेका छौँ । तपाईं भाडाको कुरा  गर्नुहुन्छ  !  प्रक्रिया  मिलाएको  छ,  अफिस  आउनुस्, देखाउँला ।”

 यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप