अख्तियारमा कार्यरत प्रहरी जवान मृत फेला
बिहीबार, २१ पुस २०७९, २२ : ३५
![अख्तियारमा कार्यरत प्रहरी जवान मृत फेला](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी जवान मृत भेटिएका छन् । नेपाल प्रहरीका जवान खगेन्द्र नेपाली बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।
टंगालस्थित अख्तियारको मुख्यालयमा कार्यरत नेपाली ड्युटी पोष्टमा झुण्डिएको अवस्थामा मृत भेटिएको आयोगका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनी डोरीको पासो बनाएर झुण्डिएका थिए । सुर्खेत घर भएका उनी साँझ ६ बजेबाट सुरक्षा पोष्टमा ड्युटीमा खटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा
-
मन्त्री छनोटमा देउवाको नीति : गुटगत भागबण्डा हुँदैन
-
ए आइ पोर्ट्रेट मास्टर : HONOR 200 सिरिज नेपालमा जुलाईमा भित्रिँदै
-
मुग्लिन-मलेखु सडक पुनः सञ्चालन
-
मोरङमा चैते धान उत्पादनमा वृद्धि
-
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए माओवादीले के गर्छ ?