बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अख्तियारमा कार्यरत प्रहरी जवान मृत फेला

बिहीबार, २१ पुस २०७९, २२ : ३५
बिहीबार, २१ पुस २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी जवान मृत भेटिएका छन् । नेपाल प्रहरीका जवान खगेन्द्र नेपाली बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् । 

टंगालस्थित अख्तियारको मुख्यालयमा कार्यरत नेपाली ड्युटी पोष्टमा झुण्डिएको अवस्थामा मृत भेटिएको आयोगका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनी डोरीको पासो बनाएर झुण्डिएका थिए ।   सुर्खेत घर भएका उनी साँझ ६ बजेबाट सुरक्षा पोष्टमा ड्युटीमा खटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप