सान फ्रान्सिस्कोमा भीषण आँधीका कारण २ जनाको मृत्यु
बिहीबार, २१ पुस २०७९, २१ : १३
अमेरिका । अमेरिकाको सान फ्रान्सिस्को खाडी क्षेत्रमा बुधबार आएको तीव्र हावा, मुसलधारे पानी र आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन्। फेयरफिल्डमा तुफानका कारण १९ वर्षीया महिलाको मृत्यु भएको छ । त्यसैगरी सोनोमा काउन्टीको अक्सिडेन्टल शहरमा दिउँसो हावाले रुख ढलेर घरमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
प्यासिफिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनीका अनुसार खाडी क्षेत्रका करिब एक लाख घरधुरी बिजुलीबाट वञ्चित भएका छन् । न्यान्सी वार्ड गभर्नर कार्यालय आपतकालीन सेवाका निर्देशकले क्यालिफोर्नियाले गत पाँच वर्षमा यहाँ सबैभन्दा चुनौतीपूर्ण आँधीकोरूपमा यस आधीँलाई लिएको छ ।
बुधबार पत्रकार सम्मेलनमा बोल्दै सान फ्रान्सिस्को मेयर लन्डन ब्रीडले स्थानीय जनतालाई सम्भावित खतराबाट सतर्क रहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन