लघुवित्त पीडितहरुद्वारा आन्दोलनको घोषणा
बिहीबार, २१ पुस २०७९, २० : ५९
![लघुवित्त पीडितहरुद्वारा आन्दोलनको घोषणा](https://npcdn.ratopati.com/media/news/butwal_MbsBKq1ABt.jpg)
बुटवल । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुटवलमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन गरेका हुन् । पीडितहरूले सरकारीहरूले लघुवित्तीय संस्थाहरूबाट आफूहरू सोसित भएको भन्दै खारेज हुनुपर्ने माग गरेका छन् ।
सामूहिक ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने मागसहित आन्दोलन थालिएको समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताए।
पछिल्लो समय देशका विभिन्न ठाउँमा लघुवित्तबाट धेरै पीडित बनेका गुनासो आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी एकताको पक्षमा थियौँ र एमालेमै रहन चाहन्थ्यौँ : माधवकुमार नेपाल (पूर्णपाठ)
-
श्रीमतीको रिसले मिलेनियरले आफ्नै घर जलाएपछि...
-
वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि दोब्बरभन्दा बढी बढायो भिसा शुल्क
-
बैठकमा देउवाको बिफ्रिङ : ओलीसँगको कुराकानी सकारात्मक छ
-
प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली