बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द

बाँके । बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका लागि विद्यालय बन्द गरेको छ । चिसोका कारण भोलिदेखि २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको नरैनापुर गाउँपालिकाले जानकारी दिएको छ ।
बाँकेमा चिसो अत्यधिक बढेपछि उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयमा पुस २४, २५ र २६ गते तीन दिन बिदा दिने निर्णय नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताएका छन् ।
केही दिनयता बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । चिसोलाई मध्यनजर गरी खजुरा गाउँपालिकाले पनि बिदा दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोसफ्टले ल्यायो नयाँ एआई टुल, मेडिकल क्षेत्रका लागि वरदान
-
प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा मोरङ र झापाको सजिलो जित
-
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
-
युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट सुरु गर्न अदालतको अनुमति
-
हत्या आरोपीसँग निकट सम्बन्ध देखिएपछि मन्त्रीको राजीनामा
-
अध्यादेश स्वीकृत गर्न संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप